एनसेलको ‘डेटा सधैं अन’ अभियान शुरू
एनसेल आजियाटा लिमिटेडले फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै ‘डेटा सधैं अन’ अभियान शुरू गरेको छ।
हालसम्म एनसेलको फोरजी ब्रोडब्याण्ड सेवा ५५० स्थानीय तहसम्म बिस्तार भएको छ। यसका ७२ लाखभन्दा बढी ग्राहक छन्। त्यसमध्ये ४८ लाख ग्राहकले फोरजी सेवा प्रयोग गरिरहेको कम्पनीले जनाएको छ।
एनसेलले देशैभर उच्च गतिको इन्टरनेट सेवाको पहुँच सुनिश्चित गर्न र डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिमा योगदान पुर्याउन प्रतिबद्ध रहेको जनाएको छ।
फोरजी सेवाको लाभ लिन थ्रिजी सिम प्रगोग गरिरेहेका ग्राहकले एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क सिम अपग्रेड गर्न सक्छन्।
एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी विभिन्न डेटा प्याक प्रयोग गर्न सक्छन्। त्यस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याक लिन सकिने कम्पनीले जनाएको छ।