शेयर बजार घटेपछि अर्थमन्त्रीको चासो, समस्या सुल्झाउन गभर्नरसँग कुराकानी
शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।
राष्ट्र ब्यांकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पूँजी बजार लगातार ओरालो झरेपछि अर्थमन्त्री जनार्दन शर्माले सोमबार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोनमा कुराकानी गरेका छन्।
कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पूँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन गभर्नर अधिकारीलाई आग्रह गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। “मन्त्री शर्माले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पूँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ।
जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।
गत सातादेखि शेयर बजार परिसूचक नेप्से लगातार ओरालो झरिरहेको छ। आइतबार एकैदिन नेप्से १०८ अंकले घटेको थियो।