ब्यांक अफ काठमाडौंको नगद फिर्ता योजना
ब्यांक अफ काठमाडौं लिमिटेडले नगद फिर्ता योजना ल्याएको छ।
ब्यांकले कुशे औंशी र तीजको अवसरमा फुडमाडौं, भोजडिल तथा खानपिनफुडमा गरिने अनलाइन खरीदमा नगद फिर्ता योजना ल्याएको हो।
मोबाइल ब्यांकिङ, ब्यांकको क्यूआर कोड तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा रु. ५०० सम्मको नगद फिर्ता दिइने ब्यांकले जनाएको छ। उक्त रकम सीधै ग्राहकको ब्यांक खातामा जम्मा हुनेछ।
यो योजना २० देखि २४ भदौसम्म लागू हुनेछ।