डेढ घण्टामा ४ प्रतिशतभन्दा बढीले घट्यो नेप्से
कारोबार शुरू भएको एक घण्टा ३३ मिनेटमा शेयर बजार परिसूचक (नेप्से) ४.१८ प्रतिशतले घटेको छ।
२९२८.८ बिन्दुबाट शुरू भएको बजार डेढ घण्टाको अवधिमै ४.१८ प्रतिशतले घट्दै २८०७ बिन्दुमा पुगेको हो।
योे अवधिमा २१५ कम्पनीको १ करोड २० लाख ६६ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ५ अर्ब ६९ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सहित पाँच कारोबार दिनमा मात्र बजार २२५ अंकले झरिसकेको छ। सानिमा लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, युनिलिभर नेपालको शेयर मूल्य भने बढेको छ।
६३ कम्पनीको शेयर मूल्य लगभग १० प्रतिशतले घटेको छ।