मुक्तिनाथ डिबेञ्चर नेप्सेमा सूचीकृत
मुक्तिनाथ विकास ब्यांक लिमिटेडको डिबेञ्चर/ऋणपत्र २०८४/८५, नेप्सेमा सूचीकृत भएको छ।
८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथको क्रम संख्या १ देखि १२,५०,००० सम्मको डिबेञ्चर नेप्सेमा सूचीकरण भएको हो।
ब्यांकले सर्वसाधारण समक्ष सानिमा क्यापिटल लिमिटेड मार्फत बिक्री गरेको थियो।
सर्वसाधारणमा वितरण गरिएको १२ लाख ५० हजार थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकरण भएको हो।