आईक्यानको रनरअप अवार्ड लुम्बिनी विकास ब्यांकलाई
लेखा व्यवसायीको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)को रनरअप अवार्ड लुम्बिनी विकास ब्यांकले पाएको छ।
प्रत्येक वर्ष वितरण गर्ने बेस्ट प्रिजेन्टेड ऐनुअल रिपोर्ट (बीपीए)को फाइनान्सियल सेक्टर विधामा ब्यांकले उक्त अवार्ड प्राप्त गरेको हो।
सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे बापत सो अवार्ड ब्यांकलाई दिइएको आईक्यानले जनाएको छ।
लुम्बिनी विकास ब्यांकले ७२ शाखा र १७ एटीएम मार्फत सेवा प्रवाह गरिरहेको छ। ब्यांकका करीब तीन लाख ग्राहक छन्।
ब्यांकले हाल आफ्ना ग्राहकलाई निःशुल्क डेबिट/एटीएम कार्डको सुविधा दिइरहेको छ। त्यसका साथै भिजा नेटवर्क भएका एटीएमबाट रकम निकाल्दा अतिरिक्त शुल्क नलाग्ने ब्यांकले जनाएको छ।