ग्लोबल आइएमई ब्यांकद्वारा १३५ घरपरिवारलाई राहत वितरण
ग्लोबल आइएमई ब्यांक लिमिटेडले पश्चिम नवलपरासीका बाढीपीडित १३५ घरपरिवारलाई राहत वितरण गरेको छ।
ब्यांकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राहत सामग्री वितरण गरेको हो।
प्रत्येक घरपरिवारलाई एक–एक बोरा चामल, चिउरा, दाल, नुन, तेल, बेसार, खानेपानी लगायतका सामग्री वितरण गरेको ब्यांकले जनाएको छ।
ग्लोबल आइएमई ब्यांकको लुम्बिनी प्रादेशिक कार्यालयले नवलपरासीको रामग्राम नगरपालिकासँग समन्वय गरी शाखा कार्यालय भुमही र परासीको संयोजकत्वमा राहत वितरण गरेको हो।