मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा, अब स्थानीय कृषकसँग पनि सहकार्य गर्ने
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड चौथो वर्षमा प्रवेश गरेको छ।
चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले स्थानीय कम्पनी/फर्म/एग्रोभेट/कृषक समूह/सहकारी लगायतसँग संस्थागत सहकार्य गर्ने जनाएको हो।
मुक्तिनाथ कृषि कम्पनीले कृषि उपजको बजारीकरणका साथै उपभोक्तालाई खाद्य वस्तु र कृषि उपकरण उपलब्ध गराउँदै आएको छ।
कम्पनीले हाल १५ जिल्लामा व्यावसायिक साझेदार निर्माण गरी ५० जिल्लाका कृषकलाई सेवा दिइरहेको छ।
वार्षिकोत्सवको अवसरमा मुक्तिनाथ कृषिले आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यावसायिक साझेदार गर्ने कम्पनीलाई पुरस्कृत पनि गरेको छ।
जस अन्तर्गत गणपति एग्रिकल्चर प्रालि, धादिङले गत वर्षको उत्कृष्ट व्यावसायिक साझेदार पुरस्कार जितेको छ।
जय किसान एग्रो मार्ट एण्ड मेसिनरी, कपिलवस्तुले उदाउँदो व्यावसायिक संस्थाको पुरस्कार, तमोर कृषि भण्डार, झापाले दीगो व्यावसायिक साझेदार पुरस्कार र भ्यूटावर तरकारी पकेट, काठमाडौंले उत्कृष्ट कृषक समूह पुरस्कार प्राप्त गरेका छन्।