आई पे रेमिटकाे टिकटक च्यालेन्ज
आई पे रेमिटले तीजलाई लक्षित गरी टिकटक च्यालेन्ज गर्ने घोषणा गरेको छ।
१४ भदौबाट शुरू भएको प्रतियोगितामा सहभागी हुन आई पे रेमिटको तीज गीतमा टिकटक भिडियो बनाउनुपर्नेछ।
२४ भदौसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागीमध्ये एक प्रतियोगीले ‘लक्की ड्र’ मार्फत रु. २० हजार जित्न सक्नेछन्।
सहभागीमध्ये ५ जनाले रु.५ सयको टपअप सेवा पाउनेछन्। सर्वाधिक लाइक पाएका प्रतियोगीले चाहिं थप १० हजार नगद पुरस्कार जित्नेछन्।