कांग्रेसका ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली वेबसाइटमा
नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली वेबसाइटमा प्रकाशित गरेको छ।
क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका ४८ जिल्लाका सदस्यको नामावली वेबसाइटमा राखिएको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए। उनका अनुसार, १० भदौमा ३८ जिल्लाका र ११ भदौमा थप १० जिल्लाका गरी ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशन गरिएको हो।
यससँगै ४८ वटै जिल्लामा निर्वाचन अधिकृत पनि खटाइएको उनले बताए। अब ती जिल्लामा १४औं महाधिवेशनका कार्यक्रम अघि बढाउन सकिने कांग्रेसले जनाएको छ।
अन्य जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गर्ने क्रममा रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। केही दिनभित्रै सबै जिल्लाको नामावली प्रकाशित हुने यादवले जानकारी दिए।
क्रियाशील सदस्यको नामावली प्रकाशन गरिएका जिल्ला :
१) ताप्लेजुङ, २) पाँचथर, ३) इलाम, ४) संखुवासभा, ५) तेह्रथुम, ६) खोटाङ, ७) सोलुखुम्बु, ८) ओखलढुंगा, ९) उदयपुर, १०) झापा, ११) दोलखा, १२) रामेछाप, १३), सिन्धुली, १४) भक्तपुर, १५) गोरखा, १६) लम्जुङ, १७) तनहुँ, १८) कास्की, १९) मनाङ, २०) मुस्ताङ, २१) पर्वत, २२) स्याङ्जा, २३) म्याग्दी, २४) नवलपुर (बर्दघाट सुस्ता पूर्व), २५) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २६) रुपन्देही, २७) पाल्पा, २८) रुकुम (पूर्व), २९) रोल्पा, ३०) रुकुम (पश्चिम), ३१) जुम्ला, ३२) मुगु, ३३) हुम्ला, ३४) बझाङ, ३५) डोटी, ३६) दार्चुला, ३७) बैतडी, ३८) कञ्चनपुर, ३९) धनकुटा, ४०) भोजपुर, ४१) गुल्मी, ४२) प्युठान, ४३) दाङ, ४४) सल्यान, ४५) कालिकोट, ४६) जाजरकोट, ४७) दैलेख र ४८) अछाम।
यी जिल्लाका सदस्यको नामावली हेर्न क्रियाशील सदस्यमा क्लिक गर्नुहोस्।