ज्योति विकास ब्यांकद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण
ज्योति विकास ब्यांक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री जन नमूना माध्यमिक विद्यालयमा खानेपानी धाराको निर्माण गरेको छ।
ब्यांकले सामाजिक उत्तरदायित्व अन्तर्गत धाराको निर्माण र व्यवस्थापन गर्न विद्यालयलाई आर्थिक सहयोग गरेको हो। यसका लागि ब्यांकले विद्यालयलाई रु.१ लाख ५० हजार हस्तान्तरण गरेको थियो।
विद्यालय परिसरमा बनेको धाराबाट विद्यार्थीका साथै त्यस वरपरका स्थानीयवासी समेत लाभान्वित हुनेछन्।
ज्योति विकास ब्यांकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत विभिन्न सामाजिक संस्था तथा नागरिकसँग प्रत्यक्ष जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी काम गर्दै आएको छ।
ज्योति विकास ब्यांकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आएको छ।