अस्पताल मर्मतमा हिमालयन ब्यांकको साथ
हिमालयन ब्यांक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाँसवारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ।
ब्यांकले अस्पतालमा ६ लाख ९३ हजार रुपैयाँ खर्च गरेर वार्ड मर्मत गरेको हो। मर्मत गरिएको वार्ड ब्यांकले अस्पताललाई हस्तान्तरण गरिसकेको छ।
हिमालयन ब्यांकका महाप्रबन्धक सुशील जोशी र महाराजगञ्ज शाखा प्रबन्धक अभयबहादुर शाहले मर्मत गरिएको वार्डको उद्घाटन गर्नुका साथै अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई हस्तान्तरण गरेका हुन्।