सानिमा ब्यांकको छात्रवृत्ति आवेदन खुला
सानिमा ब्यांकले छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ।
छात्रवृत्तिमा सहभागी हुन ३१ भदौसम्म आवेदन दिन सकिनेछ।
ब्यांकले सन् २०१२ देखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ को लागि गरीब तथा विपन्न वर्गका २–२ जना विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आएको छ।
सानिमा ब्यांकका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटीएम सञ्चालनमा छन्।