यी हुन् नेपालको पक्षमा सनाखत गर्ने केन्द्रीय सदस्य र सांसद
नवगठित नेकपा (एकीकृत समाजवादी)को पक्षमा नेकपा (एमाले)का ५५ केन्द्रीय सदस्य र २९ सांसदले सनाखत गरेका छन्।
एकीकृत समाजवादी गठनका लागि २ भदौमा पूर्व प्रधानमन्त्री एवं एमालेका पूर्व महासचिव माधवकुमार नेपालले निर्वाचन आयोगमा निवेदन दिएका थिए। त्यसमा आज निर्वाचन आयोगले सनाखतका लागि केन्द्रीय सदस्य र सांसदलाई बोलाएको थियो।
एमालेका ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोग पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा सनाखत गरेका थिए। त्यस्तै, २ भदौमा बुझाएको केन्द्रीय सदस्यको सूचीमा नभएका चार जना केन्द्रीय सदस्यले पनि एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।
उनीहरूमध्ये दुई जना सांसद रहेको एकीकृत समाजवादीले जनाएको छ। आयोगले दिल्लीबाट सनाखत गरेका खनाल र सूचीमा नभएका चार केन्द्रीय सदस्यलाई जोडेको छैन।
सनाखत गर्ने सांसदको सूची :
सनाखत गर्ने केन्द्रीय सदस्यको सूची :