सिटी एक्सप्रेस र ट्यापट्याप सेन्ड यूकेबीच सम्झौता
सिटी एक्सप्रेस मनी ट्रान्सफर र बेलायतको ट्यापट्याप सेन्ड प्रालिबीच रेमिटेन्स कारोबार शुरू गर्ने सम्झौता भएको छ।
सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ट्यापट्याप सेन्डका निर्देशक माइकेल फेएले हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै बेलायतमा रहेका व्यक्ति ट्यापट्याप सेन्डको प्रयोग गरी नेपालमा पैसा पठाउन सक्ने भएका छन्।
नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजारभन्दा बढी एजेन्ट छन्। उक्त रकम देशभरका एजेन्टबाट भुक्तानी लिन सकिने सिटी एक्सप्रेसले जनाएको छ।
सिटी एक्सप्रेसले १५ वर्षदेखि विश्वव्यापी रेमिटेन्स सेवा प्रवाह गर्दै आएको छ।