माधव नेपालको साथ छाडेका नेता एमाले स्थायी कमिटी बैठकमा सहभागी
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको साथ छाडेका दोस्रो पुस्ताका नेताहरू नेकपा (एमाले) स्थायी कमिटी बैठकमा सहभागी भएका छन्।
उनीहरू मंगलबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकमा सहभागी भएका हुन्। सर्वोच्च अदालतको फैसलाले गत २३ फागुनमा एमाले र माओवादी ब्युँतिएपछि नेपाल पक्षका नेता अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी भएका थिएनन्।
नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका छन्। एकीकृत समाजवादी पार्टीमा नगएर एकताका लागि पहल गर्दै आएका अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई लगायतका नेताहरू बैठकमा सहभागी भएका हुन्।