ट्रंक तथा डेडिकेटेड लाइनतर्फ ४९ ग्राहकको साढे १५ अर्ब वक्यौता
ट्रंक तथा डेडिकेटेड लाइनतर्फका ४९ ग्राहकबाट १५ अर्ब ५३ करोड ५८ लाख रुपैयाँ असुल हुन बाँकी देखिएको छ।
महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन अनुसार, यो रकम कुल बक्यौताको ४८.२७ प्रतिशत हो।
आर्थिक वर्ष २०७६/७७ सम्म विद्युत् प्राधिकरणको कुल बक्यौता रु.३२ अर्ब १८ करोड ५१ लाख पुगेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ७२.५३ प्रतिशतले बढी हो।
बक्यौता रकम उठाउन पर्याप्त पहल नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
महालेखाको प्रतिवेदन अनुसार, सडक बत्तीको रु.३ अर्ब ५३ करोड ५९ लाख उठ्न बाँकी छ। सडक बत्तीको रकम भुक्तानी गर्ने दायित्व स्थानीय सरकारको हो।
नेपाल विद्युत् प्राधिकरणले आव २०७६/७७ मा रु.४ अर्ब १९ करोडको बिजक जारी गरेको छ। रु.२ अर्ब १५ करोडको बिजक जारी गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ।