महेन्द्रनगरमा सिभिल ब्यांकको शाखा
सिभिल ब्यांकले कञ्चनपुरको महेन्द्रनगरमा ११५औं शाखा सञ्चालनमा ल्याएको छ।
उक्त शाखाको उद्घाटन भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै विष्टले महेन्द्रनगरमा वित्तीय पहुँच वृद्धि गर्नको लागि यस शाखाले टेवा पुर्याउने विश्वास व्यक्त गरे।
सिभिल ब्यांकका डिपोजिट तथा ट्रान्जेक्सन प्रमुख भोलाबहादुर विष्टले ब्यांक विना समृद्धिको यात्रा सफल नहुने बताए। उनले देशभरका शाखाबाट गुणस्तरीय सेवा प्रदान गर्न सिभिल ब्यांक कटिबद्ध रहेको जानकारी दिए।
ब्यांकले ११५ शाखाका साथै १० एक्सटेन्सन काउन्टर र ८६ एटीएम मार्फत देशभर सेवा दिइरहेको छ।