ग्लोबल आइएमई ब्यांक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ बीच सम्झौता
ग्लोबल आइएमई ब्यांक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ बीच सम्झौता भएको छ।
महासंघका सदस्यलाई सहज ब्यांकिङ सेवा पुर्याउने उद्देश्यले सम्झौता गरिएको हो।
सम्झौतामा ब्यांकका प्रदेश–१ प्रमुख सुभाष सापकोटा र महासंघका प्रदेश–१ अध्यक्ष टीकाराज ढकालले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार, ब्यांकले महासंघको सिफारिशमा ब्यांकिङ पहुँच नभएका साना व्यवसायी, स्टार्टअप, नवउद्यमी तथा कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्राथमिकतामा राखी सेवा प्रदान गर्नेछ।
ग्लोबल आइएमई ब्यांकले ७६ जिल्लामा २८० शाखा र २४८ एटीएम स्थापना गरेको छ।