मुक्तिनाथको मासिक ब्याज पाइने बचत खाता
मुक्तिनाथ विकास ब्यांक लिमिटेडले ‘मुक्तिनाथ समृद्धि बचत खाता’ शुरू गरेको छ।
एक सय रुपैयाँ न्यूनतम मौजदातमा यो बचत खाता खोल्न सकिनेछ।
यस खातामा ब्यांकले ग्राहकलाई वार्षिक ५.२५ प्रतिशतका दरले मासिक ब्याज भुक्तानी गर्नेछ। साथै, पहिलो वर्षका लागि निःशुल्क मोबाइल तथा इन्टरनेट ब्यांकिङको सेवा दिने जनाएको छ।
यसबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गलाई फाइदा पुग्ने विश्वास ब्यांकले लिएको छ।
त्यसको साथै ब्यांकले एटीएम कार्ड प्रयोग गरी नेपालभरि भिसा नेटवर्कमा आबद्ध एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।