नुवाकोटमा इतिहास पर्यटन
इतिहासमा गोपालवंशदेखि नै नवकोट, नवकोट्य, नवक्वाथ, नौकोट जस्ता नाम हुँदै नुवाकोट बनेको यो क्षेत्र मल्लकालमा नेपाल (काठमाडौं) को पश्चिम सीमाको मूल ढोका अर्थात् भोटसँगको व्यापारको मुख्य नाका नै थियो ।
नुवाकाेट दरबार ।
१८०१ सालमा पृथ्वीनारायण शाहले दोस्रो पटकको आक्रमणमा नुवाकोटमाथि विजय प्राप्त गरेपछि १८१९ सालमा ललितपुरबाट कालिगड झिकाई नौतले दरबार बनाएका थिए । जुन १९९० सालको महाभूकम्पले दुई तला भत्काएपछि अहिले सात तलामा सीमित छ ।
नुवाकाेट बजार
प्राचीन दरबारसँगै नुवाकोट जिल्लास्थित भैरवी मन्दिर, तलेजु मन्दिर किल्लाको संरक्षण हुनसकेको छैन । ऐतिहासिक दस्तावेज अलपत्र छन् ।
सरकारले १३ वैशाख २०६८ मा नुवाकोट दरबारलाई संग्रहालयको नाम दिएको छ । संग्रहालयको १० मिनेटको दूरीमा छ– महामण्डल । नेवार समुदायका लागि यो मण्डल विशेष मानिन्छ ।
महामण्डल
आधुनिक नेपाल निर्माण र तिब्बतसँगको व्यापारको पुरानो इतिहास नियाल्न नुवाकोट नै पाठशाला बन्न सक्छ । इतिहास पर्यटनको गन्तव्य बन्न सक्छ ।
दरबार
पर्यटनविद् रामचन्द्र सेढाई बौद्ध धर्मावलम्बीका लागि पनि नुवाकोटले विशेष महत्व राख्ने बताउँछन् । उनको भनाइमा योगी मिलारेपा र गुरु पद्मसम्भव नुवाकोट भएर नै तिब्बत गएका थिए ।
नुवाकोट दरबार छेउबाट देखिएको बिहानीको दृश्य ।
गर्विलो इतिहास भएको नुवाकोट वर्तमानमा भने हराएको जस्तो देखिन्छ । राजधानीबाट ८२ किलोमिटर मात्र दूरीमा भएर पनि यो जिल्लामा थुप्रै आधारभूत असुविधा छन् ।
१०० वर्षभन्दा पुरानो मानिएको नुवाकोट दरबार छेउको रुख
अहिले धेरैका लागि नुवाकोट रेन्बो ट्राउट माछा खाने ठाउँका रुपमा चिनिएको छ । त्यसैले पासाड–ल्हामु राजमार्गलाई ‘ट्राउट हाइवे’ पनि भनिन थालिएको छ । तर, माछा खान जाने आन्तरिक पर्यटक जिल्ला टेक्छन् र बाटैबाट फर्कन्छन् । उनीहरूलाई सदरमुकाम र बजारसम्म पु¥याउन सके मात्र यो जिल्लाले थप फाइदा पाउन सक्छ ।