साझाका पेट्रोल पम्पमा एभरेष्ट ब्यांकको क्यूआर कोड
एभरेष्ट ब्यांक लिमिटेडले साझा सेवा सहकारी संस्थाले सञ्चालन गरेका पेट्रोल पम्पहरूमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने सेवाको शुरूआत गरेको छ।
सेवाको शुभारम्भ ब्यांकका बागमती प्रदेश प्रबन्धक सन्तोष भट्टराई र साझा सेवा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले संयुक्त रूपमा गरेका हुन्।
ब्यांकका देशभर १०४ शाखा कार्यालय र १३६ एटीएम छन्।