सानिमा ब्यांकद्वारा दीर्घायु बचत योजना अन्तर्गत १० लाख प्रदान
सानिमा ब्यांकले दीर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमादाबी भुक्तानी गरेको छ।
ब्यांकमा खाता भएका हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकाले उनकी श्रीमती तनमाया घर्ती पुनलाई दीर्घायु बचत योजना अन्तर्गत रु.१० लाख दुर्घटना बीमा रकम प्रदान गरिएको हो।
मृतक हिमप्रकाश घर्ती पुनले सानिमा ब्यांक अमरसिंह शाखामा सानिमा दीर्घायु बचत खाता खोलेका थिए।
सानिमा ब्यांकले दीर्घायु बचत योजना अन्तर्गत रु.१० लाखको दुर्घटना बीमा, ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, ५० हजारसम्मको स्वास्थ्य बीमा र ५ हजारसम्मको स्वास्थ्य जाँच सुविधा प्रदान गर्दै आएको छ।
ब्यांकका १०४ शाखा कार्यालय र ९५ वटा एटीएम सञ्चालनमा छन्।