कुलमानलाई ल्याउन विद्युत् प्राधिकरणबाट हटाइएका शाक्य सर्वोच्चमा
कुलमान घिसिङलाई ल्याउन नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन्।
सोमबार उनले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्दै आफूलाई गैरकानूनी तरिकाले हटाएकाले पुनर्बहालीको माग गरेका छन्।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगको विज्ञ सदस्यमा नियुक्त गर्दै सरकारले २५ साउनमा घिसिङलाई प्राधिकरणको जिम्मेवारी सुम्पेको थियो।
आफूले चार वर्षका लागि नियुक्त पाएको भन्दै शाक्यले त्यसअघि नै आफूलाई हटाउने मन्त्रिपरिषद्को निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिएका हुन्। उनले आफूलाई कार्यकारी निर्देशककै रूपमा कामकाज गर्न दिन अन्तरिम आदेश समेत माग गरेका छन्।