साउने सोमबार: डोलेश्वरमा घुइँचो (तस्वीरहरू)
साउन महीनाको अन्तिम सोमबारका दिन आज देशभरका शिवालयमा पूजा गर्नेको घुइँचो लागेको छ।
भक्तपुरको डोलेश्वर मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। कोरोनाभाइरस संक्रमणको जोखिम भए पनि भक्तजन निर्धक्कसँग डोलेश्वर मन्दिरमा पूजाआजा गरिरहेका छन्।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। सरकारले मास्क लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छ।