नेप्सेमा रेकर्ड, २१ अर्ब ६४ करोडको कारोबार
आइतबार शेयर बजार परिसूचक, नेप्सेको कारोबार रकममा रेकर्ड कायम भएको छ।
आज २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार कित्ता शेयर खरीदबिक्री हुँदा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
यसअघि ३० जेठमा १९ अर्ब ५५ करोडको कारोबार भएको थियो।
कारोबार रकममा छलाङ देखिए पनि नेप्से परिसूचक भने २४.५७ अंकले घटेको छ। आज परिसूचक ३१५४.३४ बिन्दुमा पुगेर रोकिएको छ।
आइतबार खानीखोला जलविद्युत्, जीवनविकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्समा सकारात्मक सर्किट लाग्यो।
आज उत्पादन उपसमूह २.३५, माइक्रोफाइनान्स २, लगानी उपसमूहको सूचक ०.५४ प्रतिशतले बढेको छ। बाँकी उपसमूहको सूचक भने घटेको छ।