सन्राइज ब्यांकको थप दुई शाखारहित ब्यांकिङ सेवा
सन्राइज ब्यांक लिमिटेडले थप दुई स्थानमा शाखारहित ब्यांकिङ सेवाको शुरुआत गरेको छ।
ब्यांकले कैलालीको चुरे गाउँपालिका–५ खानीडाँडा र नुवाकोटको विदुर नगरपालिका–१२ गौरीबेशीमा शाखारहित सेवाको शुरुआत गरेको हो।
यी शाखारहित सेवा सञ्चालनमा आएसँगै सन्राइजको शाखारहित ब्यांकिङ सेवाको संख्या ८४ पुगेको छ।
ब्यांकले खानीडाँडाको लागि कविता जिसी भाट र गौरीबेशीको लागि रवीन्द्र घिमिरेलाई प्रतिनिधिका रुपमा नियुक्त गरेको छ।
शाखारहित ब्यांकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायतका सेवा उपयोग गर्न सकिने ब्यांकले जनाएको छ।