लुम्बिनीमा सात सदस्यीय मन्त्रिपरिषद् गठन
लुम्बिनी प्रदेशमा सात सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।
बिहीबार अपराह्न मुख्यमन्त्री नियुक्त भएका कुलप्रसाद केसीले आफूसहित सात सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।
नवगठित मन्त्रिपरिषद्मा डिल्लीबहादुर चौधरीले ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
त्यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णध्वज खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा सहसराम यादव नियुक्त भएका छन्।
अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगा विना विभागीय मन्त्री चयन भएका छन्।