१६ वर्षपछि अभियुक्त पक्राउ
हत्याको अभियोग लागेका एक व्यक्तिलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बिहीबार अभियुक्त गबहादुर खत्रीलाई पक्राउ गरेको हो।
रामेछापको खाँडादेवी गाउँपालिका–६ घर भएका खत्रीमाथि ६ मंसीर २०६२ मा भगवती लामा अधिकारीको हत्या गरेको अभियोग छ।
सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार, खत्रीले काठमाडौं महानगरपालिका–१४ मा डेरा गरी बस्ने भगवतीमाथि मट्टितेल छर्की आगो लगाइ भागेका थिए। भगवतीको उपचारका क्रममा मृत्यु भएको थियो।