लुम्बिनीमा को को बन्दैछन् मन्त्री?
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आजै मन्त्रिपरिषद् गठन गर्न लागेका छन्।
मुख्यमन्त्री केसीले नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बाट पाँच जनालाई मन्त्री बनाउने तयारी गरेका हुन्। मुख्यमन्त्री सचिवालय स्रोतका अनुसार माओवादी र कांग्रेसबाट एक-एक र जसपाबाट तीन जना मन्त्री बन्दै छन्।
कांग्रेसबाट दिल्लीबहादुर चौधरी बन्त्री बन्न लागेका छन्। कांग्रेसले मन्त्रीका लागि उनको नाम पठाएको छ।
माओवादीबाट कृष्णध्वज खड्का मन्त्री बन्ने भएका छन्। मुख्यमन्त्री केसीले पहिलो चरणमा खड्कालाई छानेका हुन्।
त्यस्तै, जसपा संसदीय दलका नेता सहसराम यादव, पुर्मती ढेगा मगर र सुमन शर्मा सायमाझी मन्त्री बन्ने भएका छन्। विपक्षी गठबन्धनको सहमतिमा मुख्यमन्त्री केसीले जसपाका तीनै जना सांसदलाई मन्त्री बनाउन लागेका हुन्।