ग्लोबल आइएमई ब्यांक र क्लासिक भिल्लाबीच सम्झौता
ग्लोबल आइएमई ब्यांक लिमिटेड र क्लासिक भिल्ला प्रालिबीच सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने सम्झौता भएको छ।
सम्झौता अनुसार, ब्यांकले क्लासिक भिल्लाले ललितपुरको धापाखेलमा निर्माण गर्ने आवासीय घर परियोजनामा घर/जग्गा खरीद गर्न चाहने ग्राहकलाई सहुुलियत ब्याजदरमा कर्जा दिनेछ।
यसका साथै ग्लोबल आइएमई ब्यांक क्लासिक भिल्ला निर्माण गर्ने परियोजनाको ब्यांकिङ पार्टनरको रुपमा पनि रहने छ। हाल ब्यांकले घर कर्जाको लागि ७.९९ प्रतिशत (प्रिमियम सहित)को योजना सञ्चालन गरिरहेको छ।
समझदारी पत्रमा ग्लोबल आइएमई ब्यांकका नायब महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्लाका अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका छन्।