आइएमई लाइफद्वारा २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हेटौंडा शाखा कार्यालयबाट २५ लाख बीमाङ्क रकम भुक्तानी भएको छ।
२९ माघ २०७६ मा वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना र सो योजनाअन्तर्गत घातक रोगको रक्षावरण समेत हुने गरी बीमा गरेका हिमाल पौडेललाई कम्पनीले रकम भुक्तानी गरेको हो।
बीमा गरेको करीब १४ महीनाको अवधिमा क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले दाबी भुक्तानी गरेको हो। बीमितको निवेदन परेको १५ दिनभित्र कम्पनीले दाबी भुक्तानी गरिएको जनाएको छ।
कम्पनीले दाबी भुक्तानी प्रक्रिया प्रभावकारी ढंगबाट दाबी भुक्तानी फछ्र्यौट गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिए।
आइएमई लाइफले अहिले २१ घातक रोगविरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याएको छ।