ललितपुर महानगरपालिका परिसरमा नेपाल ब्यांककोे एक्स्टेन्सन काउन्टर
ललितपुर महानगरपालिका परिसरमा नेपाल ब्यांक लिमिटेडको एक्स्टेन्सन काउन्टर शुरु गरिएको छ।
एक्सटेन्सन काउन्टरको उद्घाटन मेयर चिरिबाबु महर्जनले गरेका हुन्। काउन्टरको उद्घाटन गर्दै उनले कृषि, महिला उद्यमशीलता लगायतको क्षेत्रमा लगानी बढाएर ब्यांकले आर्थिक उन्नतिमा महानगरपालिसँग हातेमालो गर्नुपर्ने बताए।
ब्यांकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सेवाग्राहीको माग र समय सापेक्ष सेवा प्रदान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए।
एक्स्टेन्सन काउन्टर सञ्चालन र महानगरका २९ वटै वडाबाट राजस्व संकलन गर्ने सम्बन्धी सम्झौतामा ललितपुर महानगर र नेपाल ब्यांक लिमिटेडबीच सम्झौता पनि भएको छ।