सन्राइज ब्यांकका थप तीन शाखारहित ब्यांकिङ सेवा
सन्राइज ब्यांक लिमिटेडले ब्यांकिङ सेवाको पहुँच नभएका तीन स्थानमा शाखारहित सेवाको शुरूआत गरेको छ।
ब्यांकले सुर्खेतको बयलकाँडा, कैलालीको खैरीफाँटा र कैलालीको धनसिंहपुरमा शाखारहित ब्यांकिङ सेवाको शुरूआत गरेको हो। यी तीनसँगै सन्राइज ब्यांकको शाखारहित ब्यांकिङ सेवा संख्या ८२ पुगेको छ।
शाखारहित ब्यांकिङबाट निक्षेप संकलन, भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत सेवा प्रदान गरिने ब्यांकले जनाएको छ।
सन्राइज ब्यांकका १३९ शाखा, १२ एक्सटेन्सन काउन्टर र १६१ एटीएम छन्।