३१ सय संक्रमित थपिए, २३ जनाको मृत्यु
आज देशभर कोभिड-१९ संक्रमण पुष्टि र मृत्यु हुनेको संख्या बढेको छ भने निको हुनेको संख्या घटेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १३ हजार ८११ जनाको स्वाब परीक्षण गर्दा तीन हजार १२५ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार १२ हजार ६३६ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ५६८ जनामा कोरोना पुष्टि भएको थियो।
आज १० हजार ६१३ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २७९ र तीन हजार १९८ जनाको एन्टिजेन परीक्षण गर्दा ८४६ जनामा कोरोना देखिएको हो।
त्यस्तै, कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ। आइतबार १८ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ८९८ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर एक हजार ९२५ जना निको भएका छन्। आइतबार दुई हजार २० जना निको भएका थिए। योसँगै सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ पुगेको छ।