काठमाडौंमा बढे कोरोना संक्रमित
आज काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या केही बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार काठमाडौं उपत्यकामा ८५१ जनामा कोरोना संक्रमण देखिएको छ। शनिबार ७७५ जनामा संक्रमण देखिएको थियो।
त्यस्तै, काठमाडौंमा ५९४, ललितपुरमा १६६ र भक्तपुरमा ९१ जनामा कोरोना देखिएको हो। शनिबार काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जनामा कोरोना देखिएको थियो।
काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या पनि बढेको छ। उपत्यकामा सक्रिय संक्रमितको संख्या आठ हजार ७८७ पुगेका छन्। जसमध्ये काठमाडौंमा ६ हजार ९८, ललितपुरमा एक हजार ५६४ र भक्तपुरमा एक हजार १२५ पुगेको छ।
उपत्यका बाहिर झापा, कास्की र मोरङमा संक्रमितको संख्या बढेको छ। आज झापामा २०७, कास्कीमा २०४ र मोरङमा १९२ जनामा संक्रमण देखिएको छ। शनिबार झापामा १५३, कास्कीमा २०२ र मोरङमा १६९ जनामा कोरोना देखिएको थियो।
आज देशभर दुई हजार ५६८ जनामा कोरोना देखिएको छ भने १८ जनाको मृत्यु भएको छ। देशभर दुई हजार २० जना निको भएका छन्।