काठमाडौंसँगै सात जिल्लामा थपिए सयभन्दा बढी संक्रमित
आज काठमाडौंसँगै सात जिल्लामा एक सयभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ७७५ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जनामा कोरोना पुष्टि भएको छ।
काठमाडौं बाहिर सबैभन्दा बढी चितवनमा २३२ जनामा कोरोना देखिएको छ। त्यस्तै, कास्कीमा २०२, मोरङमा १६९, झापामा १५३ र सुनसरीमा ११९ जनामा कोरोना पुष्टि भएको छ।
केही दिनयता काठमाडौं बाहिरका जिल्लामा संक्रमण बढ्दै गएको छ। दैनिक पुष्टि हुने संक्रमितको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज देशभर तीन हजार १०६ जनामा कोरोना देखिएको छ भने २३ जनाको मृत्यु भएको छ। त्यस्तै, एक हजार ९१६ जना निको भएका छन्।