१३ हजार स्वाब परीक्षण गर्दा ३१ सयमा कोरोना
आज देशभर तीन हजार १०६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने २३ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५१९ जनाको स्वाब परीक्षण गर्दा तीन हजार १०६ जनामा कोरोना देखिएको हो। जसमध्ये नौ हजार २६३ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २८० र चार हजार २५६ जनाको एन्टिजन परीक्षण गर्दा ८२६ जनामा कोरोना देखिएको छ।
आज कोरोनाबाट २३ जनाको मृत्यु भएको छ। शुक्रबार २७ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ८५७ पुगेको छ।
पछिल्लो २४ घण्टामा एक हजार ९१६ जना निको भएका छन्। शुक्रबार एक हजार ८१६ जना निको भएका थिए। त्यस्तै, सक्रिय संक्रमितको संख्या ३१ हजार ३५५ पुगेको छ।