मदन पुरस्कारको श्रेष्ठ सूचीमा नौ पुस्तक
मदन पुरस्कारका लागि श्रेष्ठ सूचीमा नौ पुस्तक छनोट भएका छन्।
२०७७ सालको मदन पुरस्कारका लागि श्रेष्ठ सूचीमा नौ पुस्तक छनाेट भएकाे मदन पुरस्कार गुठीले जनाएको छ। श्रेष्ठ सूचीमा परेका पुस्तकमा गिरि श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प–ग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९-२०२०’ छन्।
उत्कृष्ट १० पुस्तकको छनोटका लागि मदन पुरस्कार गुठीले समिति गठन गरेको थियो। समितिले २२२ बाट नौ पुस्तक छनोट गरेको गुठीले जनाएको छ।
श्रेष्ठ सूचीमा परेका नौमध्ये एक पुस्तकलाई २०७७ को मदन पुरस्कार प्रदान गरिनेछ।
