योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले लिए शपथ
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले शपथ लिएका हुन्। उपाध्यक्ष पाैडेललाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खुवाएका छन्।
त्यस्तै आयोगका सदस्यद्वय रामकुमार फुँयाल र दिलबहादुर लिम्बूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। तीनै जनालाई १२ साउनको मन्त्रिपरिषद् बैठकले आयोगमा नियुक्त गरेको थियो।