कोरोना संक्रमणबाट ३३ को मृत्यु, थपिए ३८ सय संक्रमित
बुधबार ३८ सय जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १५ हजार ८०८ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ८४० जनामा संक्रमण पुष्टि भएको हो। मंगलबार पनि तीन हजार ८९९ जनामा संक्रमण देखिएको थियो।
१० हजार ८८६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ६३४ र चार हजार ९२२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार २०६ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार ७९१ पुगेको छ।
बुधबार एक हजार ९९३ जना संक्रमित निको भएका छन्।