टाटाको नेक्सन ईभी सार्वजनिक, मूल्य ३५ लाख ९९ हजार
टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेक्सन ईभी सार्वजनिक गरेको छ।
यसको शुरुआती मूल्य ३५ लाख ९९ हजार तोकिएको कम्पनीले जनाएको छ। नेक्सन एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्स गरी तीन मोडेलमा उपलब्ध छ।
यसको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर र गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटर वारेन्टी दिइएको सिप्रदी ट्रेडिङले जनाएको छ।
यसमा अत्याधुनिक जिपट्रोन प्रविधि छ। नेक्सन ईभीमा स्मार्ट रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, हिल असिस्ट, सन रुफ लगायत अत्याधुनिक विशेषता छन्।
२०५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको गाडीमा ३५० लिटर बुट स्पेस छ। अगाडि डिस्क र पछाडि ड्रम ब्रेक रहेको गाडीमा रियर एसी भेन्टको पनि सुविधा छ। यसमा पार्किङ असिस्ट, डुअल एअर ब्याग लगायतका सुरक्षा विशेषता छन्।
नेक्सन ईभी सन् २०२० को जनवरीमा भारतमा बिक्री शुरू भएको थियो। हालसम्म भारतमा ४ हजार ५०० नेक्सन ईभी बिक्री भइसकेको टाटा मोटर्सले जनाएको छ।