जलविद्युत् र उत्पादनमूलक उपसमूहमा लगानीकर्ताको आकर्षण, नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा
मंगलबार शेयर बजार परिसूचक, नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
आज शेयर बजार २९.२३ अंकले बढेर परिसूचक ३०७९.६६ बिन्दुमा पुगेको हो। यसअघि १० साउनमा परिसूचक ३०५८ बिन्दुमा पुगेको थियो।
मंगलबार उत्पादनमूलक र जलविद्युत्मा लगानीकर्ताको आकर्षण देखिएको छ। यी उपसमूहको सूचक क्रमशः ४.७४ र ३.७४ प्रतिशतले बढेको छ।
त्यसैगरी, फाइनान्स उपसमूह २.८४, लगानी २.८१, जीवन बीमा १.४७ र अन्य उपसमूहको सूचक २.८३ प्रतिशतले बढेको छ।
ब्यांकिङ उपसूमहको सूचक ०.१७, होटल तथा पर्यटन ०.३४ र लघुवित्त उपसमूहको सूचक २.०६ प्रतिशतले घटेको छ।
आज २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार कित्ता शेयर खरीदबिक्री हुँदा १५ अर्ब १७ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार मल्टीप्रपोज फाइनान्स, खानीखोला जलविद्युत्, यूनाइटेड मोदी जलविद्युत् लगायत ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ।