काठमाडौंमा थपिए ९९९ संक्रमित
आज काठमाडौं उपत्यकामा पनि कोरोनाभाइरस संक्रमितको संख्या अत्यधिक बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज उपत्यकामा ९९९ जनामा कोरोना देखिएको छ। आइतबार ६३४ जनामा कोरोना पुष्टि भएको थियो।
त्यस्तै, काठमाडौंमा मात्रै ६७७ जनामा कोरोना देखिएको छ। आइतबार ४६८ जनामा कोरोना देखिएको थियो। योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या पाँच हजार ९१० पुगेको छ।
आज ललितपुरमा १९७ जनामा संक्रमण पुष्टि भएको छ। आइतबार ८९ जनामा कोरोना देखिएको थियो। योसँगै ललितपुरमा पनि सक्रिय संक्रमितको संख्या एक हजार १६३ पुगेको छ।
यसैगरी, आज भक्तपुरमा १२५ जनामा संक्रमण देखिएको छ। आइतबार ६७ जनामा मात्रै संक्रमण देखिएको थियो। भक्तपुरमा ९३६ जना सक्रिय संक्रमित पुगेका छन्।
आज उपत्यका बाहिरका चार जिल्लामा पनि सयभन्दा बढी संक्रमित थपिएका छन्। झापामा ३१४, मोरङमा १२०, सुनसरीमा १०६ र नवलपरासी (पूर्व)मा १०५ जनामा कोरोना देखिएको छ।
आइतबारको तुलनामा देशभर पनि संक्रमितको संख्या बढेको छ। सक्रिय संक्रमित पनि २७ हजार ९०८ पुगेका छन्।