ग्लोबल आइएमई ब्यांकका कर्मचारीले अनिवार्य भ्रमण बिदा लिनुपर्ने
ग्लोबल आइएमई ब्यांक लिमिटेडमा कार्यरत कर्मचारीले अनिवार्य भ्रमण बिदा लिनुपर्ने भएको छ।
ब्यांकले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न आफ्ना कर्मचारीलाई वर्षमा सात दिन अनिवार्य भ्रमण बिदा लिनुपर्ने व्यवस्था गरेको हो।
वार्षिक तलबी बिदा लिने कर्मचारीले आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको ब्यांकले जनाएको छ। ग्लोबल आइएमई ब्यांकमा हाल तीन हजार कर्मचारी कार्यरत छन्।
ब्यांकका ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित ब्यांकिङ सेवा र ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर छन्।
ब्यांकले तीन वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करीब ८०० सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा दिंदै आएको छ।