उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त
नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम राष्ट्रपतिले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरले जनाएका छन्।
स्वास्थ्य मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफैंसँग राखेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्न राज्यमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
श्रेष्ठ निजी विद्यालय सञ्चालक हुन्। उनी समानुपातिकबाट सांसद बनेका थिए।