काठमाडौंसँगै ६ जिल्लामा थपिए सयभन्दा बढी संक्रमित
आज काठमाडौंसँगै ६ जिल्लामा एक सयभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर सबैभन्दा बढी काठमाडौंमा ४१० जनामा कोरोना देखिएको छ। बिहीबार ५३६ जनामा कोरोना देखिएको थियो।
त्यस्तै, झापामा ३०१, चितवनमा १८६, कास्कीमा १७६, ललितपुरमा १३४ र सुनसरीमा १०६ जनामा कोरोना देखिएको छ। बिहीबार झापामा १०८, चितवनमा १३, कास्कीमा १०२, ललितपुरमा १३० र सुनसरीमा १४९ जनामा कोरोना देखिएको थियो।
आज सबैभन्दा बढी बागमती प्रदेशमा ९२० जनामा कोरोना देखिएको छ। त्यस्तै, प्रदेश १ मा ५४७, गण्डकीमा ३४०, लुम्बिनीमा १०७, प्रदेश २ मा ४८, सुदूरपश्चिममा १७ र कर्णालीमा तीन जनामा कोरोना देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९७७ जनामा कोरोना देखिएको छ भने १८ जनाको मृत्यु भएको छ। आज एक हजार ६७८ जना निको भएका छन्।