कोरोनाको तेस्रो लहरसँग जुध्ने तयारी गर्न प्रधानमन्त्रीलाई विज्ञहरूका १८ सुझाव
कोरोनाभाइरसको तेस्रो लहर आउनसक्ने जनाउँदै १६ जना विज्ञहरूले त्यससँग जुध्ने तयारी गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव दिएका छन्।
कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै नेपाल जनस्वास्थ्य प्रतिष्ठानका तर्फबाट उनीहरूले इमेल मार्फत प्रधानमन्त्री देउवालाई सुझावपत्र पठाएका हुन्। डा. रीता थापा, कुलचन्द्र गौतम, डा. बद्रीराज पाण्डे, डा. अरुणा उप्रेती, डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समीर दीक्षित, डा. राजेन्द्र बीसी, डा. तीर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह, नारायण सुवेदी र डा. महेश मास्केले प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन्।
उनीहरूले केही महीनाभित्रै तेस्रो लहर आउनसक्ने जनाएका छन्। “नेपालमा कोभिडको दोस्रो लहरको घट्ने क्रम विगतको चार हप्तामा सुस्त हुँदै स्थिर हुन पुगेको छ र अझै पूर्ण रूपमा नियन्त्रणमा आएको छैन,” सुझावपत्रमा भनेका छन्, “अर्कोतर्फ क्षेत्रीय परिस्थितिले गर्दा केही महीनामै तेस्रो लहर आउने सम्भावना उच्च छ।”
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि तेस्रो लहर आउने जोखिम बढेको जनाएको थियो। संक्रमण बढ्दै गएकाले तेस्रो लहर आउनसक्ने जनाउँदै स्वास्थ्य मापदण्ड पालना गर्न र स्वास्थ्य संस्थालाई अक्सिजन तथा शय्याको व्यवस्था गर्न अनुरोध गरेको थियो।
अहिले कोरोनाको खोपको दोस्रो डोज लगाउनेको संख्या ४ प्रतिशत मात्रै रहेको छ। विज्ञहरूले पनि सबैले खोप लगाउन नभ्याउँदै तेस्रो लहर आउने चेतावनी दिएका छन्। त्यसैले पनि तेस्रो लहरसँग जुध्न तयारी गर्नुपर्ने उनीहरूको सुझाव छ।
विज्ञहरूले प्रधानमन्त्रीलाई दिएका १८ सुझाव :