१८.७६ अंकले बढ्यो नेप्से, परिसूचक ३ हजार माथि
साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक, नेप्से १८.७६ अंकले बढेको छ।
आज परिसूचक ३००४.३३ बिन्दुमा पुगेर कारोबार बन्द भयो। यसअघि ३१ जेठमा परिसूचक ३०२५ बिन्दुमा पुगेको थियो।
१ असारमा नेपाल धितोपत्र बोर्डले जोखिमपूर्ण भन्दै ५० कम्पनीको सूची सार्वजनिक गरेयता शेयर बजार घटेर २८०० बिन्दुसम्म पुग्यो।
बिहीबार सामूहिक लगानी उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। आज सामूहिक लगानीको सूचक ५.२७ प्रतिशतले बढेको छ।
२२२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ११ अर्ब ११ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज लक्ष्मी उन्नति कोष, सीईडीबी हाइड्रो र नाग्दी ग्रुप पावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ।