ग्लोबल आइएमई ब्यांक र अर्गानिक नेपाल सहकारीबीच सम्झौता
ग्लोबल आइएमई ब्यांक लिमिटेड र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेडबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्यले सम्झौता भएको छ।
सम्झौतापत्रमा ब्याकंका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार, ग्लोबल आइएमई ब्यांकले अर्गानिक नेपाल सहकारीको सिफारिशमा सहकारीका शेयर सदस्य, उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई कर्जा उपलब्ध गराउने छ। सहकारीले कृषकलाई तालीमको व्यवस्था पनि गर्नेछ।
ग्लोबल आइएमई ब्यांकका ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित ब्यांकिङ सेवा र ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर छन्।